काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘नयाँ फरएभर रेञ्ज’ अन्तर्गतको नयाँ गाडी एनआरजी सार्वजनिक गरेको छ । ह्याचब्याकमा एसयूभीको जस्तै ड्राइभिङ अनुभव गर्न चाहने युवा ग्राहक लक्षित गरी एनआरजी सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।‘अर्बन टफरोडर’ को रुपमा आएको उक्त गाडिको बाहिरी बनावट बलियो र ग्राउन्ड क्लेरेन्स उच्च रहेको कम्पनीले जनाएको छ । सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्