चालु आर्थिक वर्ष २०७८र०७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट नेपालमा ४ हजार ६५३ केजी सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सो परिणामको सुन नेपाल भित्रिएको हो । पछिल्लो एघार महिनामा नेपालले ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ खर्चेर उक्त सुन आयात गरेको हो । […]
जेठ १२, काठमाडौ । नेपालमा चालू आर्थिक वर्ष २०७८/ ७९ को १० महीनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ ।
भन्सार विभागले सर्वजनिक गरेको तथ्याकं अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपाल आयात भएको हो । उक्त मूल्यमा ४२ लाख ४८ हजार ५०० ग्राम सुन नेपालले आयात गरेको विभागको तथ्याकं छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/ ७८ को सोहि अवधिसम्ममा नेपालले २१ अर्ब ६ करोड ८३ लाख ७८ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३० लाख १८ हजार ग्राम सुन नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन आयात ४० प्रतिशतले बढेको देखिन्छ ।
नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (यूएई) र टर्कीबाट आउने गरेको छ । विभागको तथ्याङ्क अनुसार पछिल्लो १० महीनामा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।
साथै सोही अवधिमा यूएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले बताएको छ ।
काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ । नेपालमा छाता चीन, […]
काठमाडौं, २२ चैत्र । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो । सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल […]
नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म) को अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रिएका छ । उक्त मूल्यमा ११ करोड २३ लाख ४६ हजार ७३५ थान फेस मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल
सरकारले हैजा विरुद्धको साढे दुई लाख खोप नेपाल ल्याएको छ। कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल भित्र्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी–६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोव
काठमाडौं।अर्थ मन्त्रालयले पछिल्लो चौबीस घण्टामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि साढे ५८ लाख थानभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रिएको जनाएको छ।अर्थ मन्त्रालयकाअनुसार सो अवधिमा ५८ लाख ५२ हजार ३५९ थान बिभिन्न मेडिकल उपकरण, ११ हजार ४६५ एमटिक्यू अक्सिजन तथा औषधि,३ हजार २३४ केजी स्यानिटाइजर, ८६९ केजी कोभिड टेस्ट किट र २० भायल्स रेम्डिसिभर बिभिन्न नाकाबाट नेपाल भित्रिएको छ।
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विभिन्न देशबाट२३ करोड ४६ लाख २१ हजार रुपैयाँको तास नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार२०७७ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको तास नेपाल भित्रिएको हो। उक्त मुल्यमा पाँच लाख १२ हजार ७ सय ११ प्याकेट र एक करोड ५ लाख ८२ हजार ५ सय १३ पीस तास नेपाल भित्रिएको छ।