नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । यस्तो कदम निर्वाचन आचारसंहिता विपरीत हुने उनको भनाइ छ । काठमाडौं महानगरपालिका–३१ जागृतिनगरको बस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका नेता सिंहले भूमि आयोगको प्रतिवेदनको सुझाव नआएसम्म प्रतीक्षा गर्नुपर्ने बताए । वाग्मती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकामा