मोरङ – फुजिमा आयल कम्पनीले आफ्नो उत्पादनको प्रयोगबाट मेसिनमा हानि–नोक्सानी भए उपभोक्तालाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा कम्पनीका प्रबन्ध निर्देशक सुवोध कोइरालाका अनुसार कम्पनीले उपभोक्तालाई उत्पादन प्रयोग पछिको ग्यारेन्टी बिमामार्फत क्षतिपूर्ति उपलब्ध गराउनेछ। उनले कम्पनीको उत्पादन लुब्रिकेन्ट्सको प्रयोगबाट सवारीदेखि मेसिनमा खराबी देखिए वा समस्या आए उपभोक्तालाई इन्स्योरेन्स कम्पनीमार्फत रकम […]