बेइजिङ, १० कात्तिक । बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ ।
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मङ्गलबार भेट भएको हो । भेटवार्तामा उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । भेटमा शिक्षामन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा […]
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक चितवन राइनोजका ओपनर डाविड मलानले प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध जारी खेलमा मलानले ४१ बलको सामना गर्दै अर्धशतक पूरा गरेका हुन्। चितवनका लागि ओपनिङ ब्याटिङ गरेका मलानले आफ्नो इनिङ्सलाई ७० रनसम्म पुर्याए। उनले कुल ५१ बलको सामना गर्दै […]