काठमाडौँ– सुकुम्बासीको समस्या समाधान गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले ध्यानाकर्षण र्याली निकालेको छ। सोमबार काठमाडौँको माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म मोर्चाले र्यालीसहित प्रदर्शन गरेको हो। र्यालीमा सहभागीहरुले बसोबासका आधारमा लालपूर्जा दिन माग गरेका छन्। साथै उनीहरुले ‘असमान भूमि नीति खारेज गर, बसोबासको आधारमा लालपूर्जा देऊ, बेरोजगारलाई रोजगारको ग्यारेन्टी गर, सुकुम्बासीलाई आश्वासन होइन लालपूर्जा बाँड’ लगायतका […]