पुँजी बजारको सुधारको माग राख्दै विगत ९ दिनदेखि अनसनरत तिलक कोइरालाले अझैं अनसन जारी राखेका छन् । बुधबार एक पत्र पठाउँदै धितोपत्र बोर्डले समस्या समाधानका लागि तत्काल लगानीको समेत सहभागितामा एक समिति गठन गरिने बताए पनि कोइरालाले अनसन तोड्न मानेका छैनन् । बोर्डको उक्त पत्रको प्रतिउत्तर दिँदै कोइरालाले पहिला पुँजी बजार सुधार संघर्ष समितिमार्फत आफुहरुले उठाएको १९ बुँदे मागको समाधानका लागि बोर्डले ग्यारेन्टी गर्नुपर्ने अनि मात्र आफुले अनसन तोड्ने जवाफ दिएका छन् । साथै आफ्नो अनसन भन्दा पहिला