गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिपुलेक नसमेटिएको नक्सा प्रकाशन भएको पुस्तक जफत गर्न निर्देशन त दिए । तर, त्यसलाई सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रले नै अवज्ञा गरेको छ ।सरकारको समेत स्वामित्व रहेको प्रकाशन गृह जनक शिक्षाले बजारमा पुरानै नक्सा समावेश भएको पाठ्यपुस्तक बजारमा पठाएर सरकारलाई चुनौती दिएको