रुकुम पश्चिम – बस दुर्घटनाका पीडितहरूले क्षतिपूर्ति माग गर्दै रुकुम पश्चिममा गाडी बन्द गरेका छन् । आफूहरूका माग सम्बोधन गर्न बेवास्ता गरिएको भन्दै बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा घाइतेहरूले गाडी बन्द गराएका हुन् । आज बुधवार बिहानैदेखि सदरमुकामबाट बाहिर जाने र भित्रिने कुनै पनि गाडी चलेका छैनन् ।
गएको मङ्सिर २० गते मुसिकोट नगरपालिका २ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने तथा घाइतेहरूको उपचार खर्च सम्बन्धित निकायले बेहाेर्नुपर्ने माग गरेका छन् । त्याे दुर्घटनामा...