काठमाण्डाै – चार दिनदेखि फोहोर नउठाउँदा काठमाण्डौ उपत्यकामा दुर्गन्ध फैलन थालेको छ । पासाङल्हामु राजमार्ग कालोपत्र गर्न माग गर्दै स्थानीयबासीन्दाले गरेको अवरोधका कारण फोहोरका गाडी सिसडोलमा जान नसक्दा काठमाण्डौ उपत्यकाको फोहोर उठान नसकिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।
सिसडोल पुग्ने सडकमा भएको अवरोधका कारण शुक्रवारदेखि नै काठमाण्डौको फोहोर उठेको छैन । यसअघि मंसिर र फागुनमा पनि सिसडोलका बासिन्दाले अवरोध गर्दा काठमाण्डौमा लामो समय फोहोर थुप्रिएको थियो । सडक तत्कालै कालोपत्र गर्ने सहमति ...