चुनावको समयमा आफूहरूलाई थप २ सय गाडी चाहिने भन्दै प्रहरीले गृहमन्त्रालयमार्फत ९ अर्ब बजेट माग गरेको छ ।
‘चुनाव भएको खण्डमा हामीलाई थप २ सयभन्दा धेरै गाडीहरू आवश्यकता पर्छ,’ नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले भने, ‘प्रहरीसँग नयाँ गाडी नआएको १० वर्षभन्दा धेरै भइसक्यो ।’
प्रहरी प्रधान कार्यालयमा भएको अनौपचारिक पत्रकार भेटघाटमा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरीमा भएका गाडीहरू पुराना भएकाले नयाँ गाडी लागि ९ अर्ब रुपैयाँ माग गरिएको बताएक...