जनवरी १ देखि दुई श्रेणीमा पर्नेलाई अमेरिकी भिसा अन्तरवार्ता छुट दिइने भएको छ । अमेरिकी विदेशमन्त्रीले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँगको परामर्श पछि अन्तर्वार्ता छूटको कोटीहरु राष्ट्रिय हितमा भएको निर्धारण गरेका हुन् । यी परिवर्तनहरू कन्सुलर अधिकारीहरूद्वारा लागू गरिने र त्यसका आधारमा कन्सुलर अधिकारीले भिसामा अन्तर्वार्ता छुट दिने अधिकार र विवेक प्रयोग गर्नेसक्ने जनाइएको छ । […]