आप्रवासी श्रमिकलाई मलेसिया प्रवेशमा रोक

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यमध्येको एक मलेसियामा आप्रवासी श्रमिकले जेठ १८ गतेदेखि केही समयका निम्ति प्रवेश नपाउने भएका छन्।...

सम्बन्धित सामग्री

मलेसियाको श्रम नीतिले नेपाललाई असर

नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ । केहीदिनपहिले आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको मलेसियाको गृह मन्त्रालयले वैशाख ९ अथवा अप्रिल २१ तारिखदेखि पूर्ण रूपमा विदेशी श्रमिक नलिने निर्णय गरेको हो । मलेसिया सरकारले आफ्नो निर्णयबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराए पनि मलेसियाका आधिकारिक वक्तव्यमा विदेशी श्रमिक नलिने भनिसकेकाले यसको सिधा असर नेपालमा पर्ने देखिएको छ ।

मलेसियाद्वारा जेठ १८ देखि आप्रवासी श्रमिक प्रवेशमा रोक

नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाले औपचारिक क्षेत्रमा काम गर्न आउने आप्रवासी श्रमिकका लागि आगामी जेठ १८ (मे ३१) देखि प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मागभन्दा आपूर्ति बढी भएको र त्यसले आन्तरिक सुरक्षामा समस्या सिर्जना गरेको भन्दै मलेसियाले अर्को आदेश नहुँदासम्मका लागि भन्दै आप्रवासी श्रमिकलाई भर्ना नलिने निर्णय गरेको हो । यसबारे काठमाडौंस्थित मलेसियाली दूतावासले अनलाइन भिसाको आवेदन लिन अनुमति पाएका भिसा सेन्टरहरूलाई औपचारिक जानकारी गराइसकेको छ ।