आप्रवासी कामदारको दुर्घटना बिमा

बैतडी : रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका बैतडी घर भएका नेपाली कामदारको बिमा गरिने भएको छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भएर भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बिमा गरिने भएको हो।दशरथचन्द नगरपालिका र रुडेस बैतडीको सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बिमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए। उनले भने, 'भारतमा काम गर्ने नेपालीहरू जोखिममा रहेका छन्, जोखिम न्यूनीकरणका लागि आप्रवासी कामदारको बिमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौं।