बैतडी – रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीकाे दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ ।
दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “भारतमा काम गर्ने नेपाली जोखिममा छन् । जोखिम न्यूनीकरणका लागि आप्रवासी श्रमिकको बीमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।”
नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी श्रमिकको बीम...