उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ६३ करोड २४ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिव ७ करोड ६५ लाख आन्तरिक आय अनुमान गरेको छ । जसको प्रमुख स्रोत नदीजन्य पदार्थ उत्खनन् वापत प्राप्त हुने राजस्व बाँडफाँडलाई मानेको छ । आगामी बजेटले शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार विकास र वातावारण संरक्षण र सुशासनलाई विशेष प्राथमिकता दिइएको नगरपालिकाको भनाइ छ ।
सामाजिक विकासतर्फ ५ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये शिक्षा क्षेत्रमा मात्रै ३ करोड १० लाख रुपैयाँ खर्च गरिनेछ ।