परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै, बैठकमा सीमा विवादको मुद्दा उठाउने

काठमाण्डाै - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । नेपाल-भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने भएको छ । यस्तै नेपाल-भारत द्विपक्ष...

सम्बन्धित सामग्री

भारतले परराष्ट्रमन्त्रीको भ्रमणलाई महत्व नदिएको देखियो

४ माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फर्किएका छन् । भ्रमण जानु अगाडि ज्ञवालीले सीमा विवाद समाधान गर्न ठोस प्रक्रिया अगाडि बढाउने धेरैको अपेक्षा थियो । तर भारतले यो विषयमा संवाद समेत गर्न चाहेन ।ज्ञवालीले बैठक फलदायी भएको र सीमा विवाद […]

सीमा विवाद टुंग्याउन नेपाल-भारत संयुक्त आयोगको बैठक सकारात्मक : परराष्ट्रमन्त्री

नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ

सीमा विवादको विषय उठ्यो, औपचारिक एजेण्डा बनेन

२ माघ, काठमाडौं । सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका नेपालको उच्च प्राथमिकतमा रहेका विषयले औपचारिक प्रवेश नपाई नेपाल–भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । वैठकलगत्तै सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको दावी गरेपनि वैठकपछि जारी विज्ञप्तिमा स्पष्ट रुपमा उल्लेख छैन । […]

नेपाल-भारत संयुक्त आयोगको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज नेपाल-भारतबीच वार्ता हुँदैछ । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच वार्ता हुन लागेको हो । परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल विहीबार नै दिल्ली पुगेको हो । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयमा महत्त्वपूर्ण सहमति हुने नेपाल सरकारको अपेक्षा छ । आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्दैछ । नेपालले सीमा समस्या, व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत, सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत्त छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ । भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नुहुनेछ । उहाँ शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गर्नुभएको छ । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन ज्ञवाली बिहीबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । तीनदिने भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले संयुक्त बैठकमा भाग लिनुका साथै भारतका उच्चपदस्थ अधिकारीहरुसँग समेत छलफल गर्नुहुनेछ । बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।यस्तै नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि बैठकमा छलफल हुने छ । बैठकमा भारतीय प्रतिनिघिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् ।

पूर्वराजदूत रे भन्छन्– सीमा विवाद समाधान गर्न वार्ता शुरु गर्नुपर्छ

१ माघ, काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले दुई देशको विचमा रहेको सीमा विवाद समाधान गर्न लामो समय लाग्ने तर अहिले नै कुनै न कुनै खालको संवाद भने शुरु गर्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय सन्चारमाध्यमलाई दिएको अन्तवार्तामा उनले अहिलेलाई प्राविधिक सर्वे टोलीबाट काम शुरु गर्न सकिने […]

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन्।

‘दोक्लाङ’ सीमा विवाद वार्ताका माध्यमबाट समाधान होस् -परराष्ट्रमन्त्री महरा

सरकारले भारत–चीनबीचको सीमा विवाद शान्तिपूर्ण रुपमा वार्ताका माध्यमबाट समाधान होस् भन्ने चाहेको स्पष्ट पारेको छ । उपप्रधानमन्त्री तथा  परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारत–चीनबीच बढ्दो तनाव वार्ताका माध्यमबाट समाधान होस् भन्ने पक्षमा नेपाल रहेको स्पष्ट पारेका  हुन् । ‘दोक्लाङ’ सीमा विवादका कारण भारत–चीनबीच तनाव बढ्दो छ । परराष्ट्रमन्त्री महराले ती समस्या समाधान शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पनि…