सीमा विवाद टुंग्याउन नेपाल-भारत संयुक्त आयोगको बैठक सकारात्मक : परराष्ट्रमन्त्री

नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ

सम्बन्धित सामग्री

सीमा विवादको विषय उठ्यो, औपचारिक एजेण्डा बनेन

२ माघ, काठमाडौं । सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका नेपालको उच्च प्राथमिकतमा रहेका विषयले औपचारिक प्रवेश नपाई नेपाल–भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । वैठकलगत्तै सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको दावी गरेपनि वैठकपछि जारी विज्ञप्तिमा स्पष्ट रुपमा उल्लेख छैन । […]

नेपाल-भारत संयुक्त आयोगको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज नेपाल-भारतबीच वार्ता हुँदैछ । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच वार्ता हुन लागेको हो । परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल विहीबार नै दिल्ली पुगेको हो । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयमा महत्त्वपूर्ण सहमति हुने नेपाल सरकारको अपेक्षा छ । आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्दैछ । नेपालले सीमा समस्या, व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत, सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत्त छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ । भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नुहुनेछ । उहाँ शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।