सरकारले भारत–चीनबीचको सीमा विवाद शान्तिपूर्ण रुपमा वार्ताका माध्यमबाट समाधान होस् भन्ने चाहेको स्पष्ट पारेको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारत–चीनबीच बढ्दो तनाव वार्ताका माध्यमबाट समाधान होस् भन्ने पक्षमा नेपाल रहेको स्पष्ट पारेका हुन् । ‘दोक्लाङ’ सीमा विवादका कारण भारत–चीनबीच तनाव बढ्दो छ । परराष्ट्रमन्त्री महराले ती समस्या समाधान शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पनि…