कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्। कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद छिटो समाधान गर्न राजनीतिक र कूटनीतिक संयन्त्रलाई क्रियाशील गर्न दुवै मुलुक सहमत भएको मन्त्री ज्ञवालीले बताएका हुन्। भारत भ्रमणबाट फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले सन् १९५० को सन्धिको पुनरवलोकन, ईपीजी प्रतिवेदन र बाँकी रहेको सीमा विवाद समाधान गर्न भारतीय पक्षसँग गम्भीर र फलदायी छलफल भएको बताएका छन्। मन्त्री ज्ञवालीले शनिब...