सीमा विवादको विषय उठ्यो, औपचारिक एजेण्डा बनेन

२ माघ, काठमाडौं । सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका नेपालको उच्च प्राथमिकतमा रहेका विषयले औपचारिक प्रवेश नपाई नेपाल–भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । वैठकलगत्तै सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको दावी गरेपनि वैठकपछि जारी विज्ञप्तिमा स्पष्ट रुपमा उल्लेख छैन । […]

सम्बन्धित सामग्री

दुई दशकसम्म बनेन औद्योगिक करिडोर

बारा–पर्साका उद्योगीले सरकारसँग २० वर्षदेखि राख्दै आएको एउटा माग हालसम्म पूरा हुन सकेको छैन । दुई दशकयताका सबै सरकारसँग पहिलो मागकै रुपमा निरन्तर पथलैया–वीरगन्ज औद्योगिक करिडोरलाई औपचारिक मान्यता दिन उद्योगीहरुले गरेको माग पूरा हुन नसकेको हो । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको सिमरामा भएको तेस्रो साधारणसभाको अधिकांश समय करिडोरको सरकारी आधिकारिकताका बारेमा बहस केन्द्रित […]

एमालेका पूर्वमाओवादी : पुरानो खेमा भनेर हामी कुनै गुट बनाउँदैनौं

काठमाडौं : नेकपा एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधवकुमार नेपाल समूहबीचको लडाइँ उत्कर्षमा छ। एमाले औपचारिक रुपमा विभाजन नभए पनि फरक पार्टीको अभ्यासमा छ। तर, दुवै समूहका दोस्रो तहका नेताहरू एमाले एकताको पक्षमा लागिरहेका छन्। ओली बहिर्गमनको प्रयासरत विपक्षी गठबन्धनमा सामेल भएका नेता नेपाल समूह विश्वस्त बनेन। सर्वोच्च अदालतले समेत ओलीले एकलौटी गठन गरेको दसौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसलापछि थप दबाब पैदा भयो

१३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।