गुल्मी : जलाधार संरक्षण गर्न कालीगण्डकी गाउँपालिकाले एक गाउँ एक सुक्खा पोखरी निर्माणको अभियान चलाएको छ। पानीका मुहानहरु सुक्दै गएकाले जलाधार संरक्षणका लागि सुक्खा पोखरी निर्माण अभियान गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताए।सुक्खा पोखरी निर्माण गर्दा पानीका मुहानहरु पनि नसुक्ने र पशुपन्छीका लागि सहज रुपमा पानीको व्यवस्था हुने थापाले बताए। गाउँपालिकाभित्र उपभोक्ता समिति गठन गरी करिब १५ वटा सुक्खा पोखरी निर्माण गरिसकिएको छ। एउटा पोखरी निर्माण गर्न करिब चार लाख रुपैयाँ लाग्ने छ। जसमध्ये तीन