चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालय तनहुँले १५ र सामुदायिक वनले १५ गरी ३० वटा पोखरी यसै आर्थिक वर्षभित्र सम्पन्न गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले उक्त अभियानकै रुपमा अघि बढाइएको डिभिजन प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।
चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौँतारिँदै मानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेक...