नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तललगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । निकुञ्जको सीमामा रहेका राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी नभएकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकार दिए । “बिहान […]