सिँचाइ र जङ्गली पशुपक्षीका लागि दाङमा ६ वटा पोखरी निर्माण

दाङ - किसानलाई सिँचाइ सुविधा दिन तथा जङ्गली पशुपक्षीलाई पिउने पानीको सहज उपलब्धताका लागि दाङमा पछिल्लो एक वर्षमा ६ वटा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको 'एक वडा एक पोखरी' कार्यक्रममार्फत् गएकाे आर्थिक वर्ष २०७९/०८० मा थप ६ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकामा ६ वटा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । सामुदायिक वन समूहको...

सम्बन्धित सामग्री

दाङमा जनावरलाई पानी खान जङ्गलमा पोखरी

दाङ – वन्यजन्तुलाई जङ्गलभित्रै खानेपानीको व्यवस्थापन गर्न दाङको देउखुरीको जङ्गलमा पोखरी खनिएको छ । देउखुरीको लमही बजारदेखि १ किलोमिटर पूर्व राजमार्गदेखि ५ सय मिटरभित्र जङ्गलमा ठूल्ठूला पोखरी खनिएको छ ।  वन्यजन्तुलाई जङ्गलभित्रै खानेपानीको व्यवस्थापन गर्न पोखरी तयार पारिएको हो । पानी खानको लागि राजमार्ग पार गरेर खोला तथा बस्तीमा पस्ने जङ्गली जनावरलाई अब जङ्गलभित्रै आकाशे पानीलाई सञ्चित गर्ने उद्देश्यले पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ । देउखुरीका विभिन्न ठाउँमा गरि आधा दर्जनभन्दा धेरै ...