नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘नेतृत्व विहीन’ पाँच भ्रातृ संस्थामा नयाँ कमिटी ल्याउनुको विकल्प नभएको बताएका छन् । काँग्रेसमा भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नयाँ कमिटी ल्याइने थापाले बताएका हुन् । २७ गतेको कार्यसम्पादन समितिको बैठकअघि म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा सोमबार छलफल हुने थापाको भनाइ छ । महिला संघका अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघक