कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेका छन् । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् । २०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा […]

सम्बन्धित सामग्री

विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ : महर

काठमाडौँ । कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारीविनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा नेवि संघका पूर्वअध्यक्षसमेत रहेका महरले

‘विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ’

काठमाडौं– कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संलग्नहरूलाई पदाधिकारीबिना समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा नेवि संघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु  विधान विपरित हुने बताए। ‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने तर नेवि संघ, तरुण दल र महिला […]

माघ पहिलो साताभित्र विभाग र भ्रातृ संस्था गठन गर्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकपछि सांगठनिक गतिविधि अगाडि बढाउने भएको छ । १४ औं महाधिवेशन भएको एक वर्ष भइसक्दा पनि कांग्रेसको सङ्गठन अस्तव्यस्त छ । पार्टीका २८ केन्द्रीय विभाग गठन र भ्रातृ संस्था विस्तारको कामलाई

तरुण दलले पायो नयाँ अध्यक्ष, सम्हाले कार्यभार

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले सोमबार पदभार ग्रहण गरेका छन्। गुरुङ यसअघि तरुण दलका कोषाध्यक्ष थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनीत गरेका थिए। यसअघि अध्यक्ष रहेका जितजंग बस्‍नेत गत महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य बनेपछि तरुण दल नेतृत्वविहीन बनेको थियो। […]

तरुण दल भविष्यमा पार्टी चलाउने नेतृत्व हो : पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनमा पार्टीका तरुणहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले पार्टीको भ्रातृ संस्था नेपाल तरुण दल र त्यससँग आबद्ध तरुणहरूले नै भोलि मुलुक र पार्टीको नेतृत्व गर्ने सामर्थ्य राख्नुपर्ने बताए ।

काँग्रेसद्वारा भ्रातृ संस्थाहरुको वर्तमान कमिटी भंग

नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ ।  मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । योसँग म्याद सकिएका भ्रातृ संस्था विघटन भएको ती पदाधिकारीको भनाइ छ ।उनका अनुसार नेविसंघ, महिला संघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय

कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ । पार्टीको १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् ।  वि.सं. २०७३ कात्तिक ३० सम्पन्न...

कांग्रेसको महत्वपूर्ण खम्बा तरुण दल हो : खाँण

गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुढृढ र सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औं स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसको महत्वपूर्ण खम्बा भनेको तरुण भएको दाबी गरे । उनले भने, ’पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्छ ।’ […]

‘ओलीले दुई/दुई पटक संसद् भङ्ग गर्दा सर्वाेच्च अदालतले संविधान बचाएकाे हाे’

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताउनुभएको छ ।  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८ औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताउनुभएको हो ।  ‘केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई/दुई पटक प्रयोग गर्दा सर्वोच्च अ...