समयमा महाधिवेशन हुन नसकेर भद्रगोल अवस्थामा पुगेका नेपाली काँग्रेसको भ्रातृ संस्थामा नेतृत्व चयनका लागि पुनः गृहकार्य सुरु भएको छ । गत फागुन ३ गतेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार भंग भएका १० वटा भ्रातृ संस्थामध्ये ४ वटामा मात्र नयाँ नेतृत्व आएको छ ।त्यतिबेला फागुन मसान्तभित्र १० वटा भ्रातृ संस्थाको केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार देउवाले पाएका थिए । तर पाँच महिनाको यो अवधिमा देउवाले मात्र ४ वटामा मात्र नेतृत्व टुंगो लगाएका हुन् । नेतृत्व चयन गरिएकामा पनि कार्यसम