पाकिस्तानमा यस वर्ष बेरोजगारहरूको संख्या ५६ लाख पुग्ने प्रक्षेपण गरिएको छ। अन्त्रार्राष्ट्रिय समाचारहरूका अनुसार २०२१ यता १५ लाखले वृद्धि भएको छ।पाकिस्तानको श्रम बजार कोभिड—१९ महामारी र आर्थिक संकटबाट पूर्ण रूपमा बाहिर आउन नसेकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को रिपोर्टलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।यसबाहेक महिला बेरोजगारी दर ११ दशमलव १ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। आईएलओ को प्रक्षेपण अनुसार, २०२३ मा पाकिस्तानको रोजगारी—जनसंख्या अनुपात ४७ दशमलव ६ पुग्ने संकेत