जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेकाे छ ।
पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासकाे अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हाे । पाकिस्तानमा गएकाे वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासकाे अत्यधिक माग बढेकाे छ ।
सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासकाे अभाव भएकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्त...