विश्वमा सवैभन्दा लोकप्रिय एप बन्दै टिकटक, दोस्रोमा इन्स्टाग्राम

वैशाख ३, काठमाडौं ।लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक सन् २०२२ मा विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । सन् २०२२ शुरुवाती समयदेखि नै यो सामाजिक सञ्जाल एप १७ करोड ६० लाख पटक डाउनलोड भएको छ ।विश्वभर गरिएको एउटा सर्वेक्षणमा सामाजिक सञ्जालको आम प्रयोगकर्ता युवाहरु भने युवानै अगाडि देखिएको छ । एनालिटिक्स फर्म सेन्सर टावरले  हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार उक्त वर्षमा एपको कुल डाउनलोड ३ अर्ब ५० करोड नाघेको छ । सन २०१८ को शुरुवातदेखि नै अन्य कुनै पनि एपले कुल डाउनलोडमा टिकटकलाई पछि पार्न सकेका छैनन् । टिकटकपछि दोस्रो धेरै डाउनलोड हुनेमा  इन्स्टाग्राम रहेको छ ।  इन्स्टाग्राम भने १५ करोड १० लाख पटक डाउनलोड भएको छ । यद्यपि एशियामा भने इन्स्टाग्राम सर्वाधिक डाउनलोड हुने एपको सूचीको पहिलो नम्बरमा रहेको छ ।  मेटा अन्तर्गतका तीन ओटा कम्पनी फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सबैभन्दा धेरै डाउनलोड हुने टप फाइभ एपको सूचीमा छन् । गूगल प्ले स्टोरबाट सबैभन्दा धेरै डाउनलोड भएका एपहरूमा इन्स्टाग्राम र फेसबुक छन् । टिकटक बारेको प्रतिवेदन बाहिरिएपछि अमेरिका र भारतले राष्ट्रिय सुरक्षामा असर पर्ने भन्दै चिनियाँ उक्त एपलाई प्रतिबन्ध लगाएका छन् ।  अझ खासगरी टिनएजका केटाकेटीमा यसको लोकप्रियता बढ्दै गएपछि  हामी टिकटक चलाउँदैछौं कि टिकटकले हामीलाई ? भन्ने  बहस समेत शुरु  हुन थालेको छ । एजेन्सी

सम्बन्धित सामग्री

इन्स्टाग्राम र फेसबुकमा एनएफटी सपोर्ट बन्द गर्दै मेटा

मेटाले इन्स्टाग्राम र फेसबुकका लागि यसलाई नन फन्जिबल टोकेन (एनएफटी) सपोर्ट बन्द गर्ने भएको छ । यसअघि मेटाले इन्स्टाग्राम र फेसबुकमा सिधैं एनएफटी विक्री गर्न दिएको थियो ।  यस प्रविधिबारे लामो समयदेखि अध्ययन गरेको मेटाले बताएपनि धेरै प्रभावकारी नभएका कारण बन्द गर्ने निर्णयमा पुगेको हो ।  मेटाले सन् २०२४ सम्मका लागि एनएफटीबाट आएको पैसाको कमिसन नलिने बताएको थियो...

सुरक्षित रुपमा इन्स्टाग्राम कसरी चलाउने ?

इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । फोटो, भिडियो तथा रिल सेयर गर्नमका लागि विशेषगरी युवामाझ इन्स्टाग्राम एकदमै चर्चित छ । आज हामी तपाईले चलाईरहने यो एपलाई कसरी सुरक्षित रुपमा चलाउने भन्नेबारे जानकारी दिदैछौँ । सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुपर्ने हुन्छ ।...

यी हुन् सबैभन्दा धेरै मन पराइएका ५ इन्स्टाग्राम पोस्ट

काठमाडौं । लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि विश्वकप फुटबलको उपाधि मात्र जिताएका छैनन् इन्स्टाग्राम प्रयोगकर्ताहरुको मन पनि जितेका छन् । मेस्सीलाई लिएर इन्स्टाग्राममा जबरजस्त माहोल बनिरहेको छ र मेस्सीको एक इन्स्टाग्राम पोस्टले सबैभन्दा धेरै लाइक्स प्राप्त गरेर विश्व कीर्तिमान कायम गरेको छ । मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको विश्वकप फुटबलको ट्रफीसँगैको तस्वीरले सर्वाधिक लाइक्स प्राप्त गरेर रेकर्ड […]

सुरक्षित रुपमा इन्स्टाग्राम चलाउन के गर्ने ?

इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । फोटो, भिडियो तथा रिल सेयर गर्नमका लागि विशेषगरी युवामाझ इन्स्टाग्राम एकदमै चर्चित छ । आज हामी तपाईले चलाईरहने यो एपलाई कसरी सुरक्षित रुपमा चलाउने भन्नेबारे जानकारी दिदैछौँ । सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुपर्ने...

आठ घण्टासम्म किन बन्द भयो इन्स्टाग्राम ?

१५ कात्तिक, काठमाडौं । प्राविधिक समस्याका कारण इन्स्टाग्राम अकाउन्ट करिब आठ घण्टासम्म बन्द भएको छ । इन्स्टाग्रामले सूचना जारी गरी अहिले समस्याको समाधान भइसकेको जनाएको छ । विश्वभरबाट इन्स्टाग्राम अकाउन्ट नचलेको र फलोअर्स घटेको गुनासो आएको थियो । तर के कारणले यस्तो भयो भन्ने अन्यौल थियो । इन्स्टाग्रामले पनि समस्या पत्ता लगाउने र समाधान गर्ने […]

इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन् ।  पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट  मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको  पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए । ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए । उनका अनुसार ह्याकरहरूले उनका ७।४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए ।ह्याकरहरूले टेस्

इन्स्टाग्राम स्टोरीमा यसरी राख्नुहोस् जिआईएफ

इन्स्टाग्राम अहिले मासिक रुपमा एक अर्ब सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् । यस्तो अवस्थामा स्टोरी पोस्ट गरिरहनुपर्ने हुन सक्छ र स्टोरीलाई आकर्षित बनाउन जिआईएफ राख्ने गरिन्छ । आज हामी इन्स्टाग्राम स्टोरीमा कसरी जिआईएफ आड...

रुसमा इन्स्टाग्राम प्रतिबन्धित

रुसले सामाजिक सञ्जाल इन्स्टाग्राममाथि अधिकांश रुपमा प्रतिबन्ध लगाएको छ । रुसले इन्स्टाग्राम सञ्चालन हुन नदिएको नेटब्लक्सले जनाएको छ । ‘रियल टाइम’ तथ्यांकले रुसमा इन्स्टाग्राम प्रतिबन्धित गरिएको पाइएको नेटब्लक्सले उल्लेख गरेको हो । यसअघि फेसबुकमाथि रुसले प्रतिबन्ध लगाएको थियो । रुसमा फेसबुक भन्दा इन्स्टाग्राम बढी लोकप्रिय छ । गएको शुक्रबार रुस सरकारले वक्तव्य जारी गरेर मार्च […]

फेसबुकसँगै मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अवरुद्ध

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकसँगै मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप चलेका छैनन्।विश्वभरिका प्रयोगकर्ताले यी सामाजिक सञ्जाल नचलेको भन्दै अर्को सामाजिक सञ्जाल ट्विटरमार्फत गुनासो गरेका छन्।सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजे फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप नचलेको गुनासो प्रयोगकर्ताले गरेका छन्।कम्प्युटरमा फेसबुकडटकम टाइप गर्नासाथ 'दिस साइट कान्ट बि रिच्ड' (यो साइटमा भेट्न सकिएन) सन्देश आउँछ।यस्तै मेसेन्जर र ह्वाट्सएप पनि खुलेका छैनन्। इन्स्टाग्राम फेसबुकको फोटो सेयर

फेसबुक र इन्स्टाग्राम नेपालीमा कसरी चलाउने ?

१३ भदौ, काठमाडौं । विश्वका सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्ममा पर्दछन् फेसबुक र इन्स्टाग्राम । विश्वमा करीब साढे २ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वका झण्डै १ सय १५ वटा भाषामा चलाउन सकिन्छ । इन्स्टाग्राम पनि अंग्रेजी सँगै अन्य धेरै भाषामा उपलब्ध छ । धेरै मानिसहरुलाई सोसल मिडियाहरुमा आफ्नो मातृभाषा नै प्रयोग गर्न सजिलो लाग्दछ । […]