काठमाण्डौ – रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ ।
त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ भने अहिले पनि उद्धारको काम भैरहेको छ ।
युक्रेनका आन्तरिक मामिला मन्त्रीले झन्डै एक हजार मानिसलाई उद्धार गरिएको र विभिन्न २४ वटा बस्तीमा बाढी पसेको बताउनुभएको छ ।
कतिपय मानिस बस र रेल चढेर सुरक्षित ठाउँमा जान बाध्य छन् । ड्नीप्रो नदीमा तीव्र रूपमा पानीको बहाव बढिरहेको छ ।
खेअर्सन सहरमा बाढीको उच्च जोखिम छ । बाँध रहेकोभन्दा ५० किलोमिटरभन्द...