सप्तकाेशी बाढी प्रभाव : उदयपुरको डुम्रीबोट र लाहुरेखोंच प्रवेशमा राेक, सप्तरी र सुनसरीमा समेत जोखिम

काठमाण्डाै – सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोंचमा मानिसलाई प्रवेश गर्न रोकिएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मानवीय क्षति रोक्न र उद्धारको काम प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरेको बताउनुभयो । नदी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार भन्दा धेरै घरपरिवार प्रभावित बनेका छन् । बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । अहिले पनि प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको छ ।...

सम्बन्धित सामग्री

प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवान...

सुनसरीमा सवारी दुर्घटना : २ प्रहरीको मृत्यु

सुनसरीको कोसी गाउँपालिका–१ मा आज दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प ४४९२ नंको मोटरसाइकललाई पिपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नंको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । ठक्करबाट चौधरीको घटनास्थलमा र गोजेवारको उपचार

सप्तकोशीमा पानीको बहाव उच्च, सप्तरी र सुनसरीमा ‘हाइअलर्ट’ जारी

प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

सप्तकोशी नदीको बाँध फुट्यो, २० हजार स्थानीय प्रभावित

बुधबार विहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा शतर्कता अपनाइएको छ ।

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न स्थानमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ। सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको हो। सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । पंङ्खा चलाउनको लागि मल्टीपल्ग जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा […]

सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु

काठमाडौं । सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । सप्तरी, शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार मृत्यु भएको हो । पंखा चलाउन मल्टिपल्ग जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा उपचारको क्रममा मृत्यु भएको हो । धादिङ, बेनिघाट...

श्रृङ्खलावद्ध हत्याका आरोपी गुलजार पक्राउ

सप्तरी र सुनसरीमा भएका श्रृङ्खलावद्ध हत्यामा संलग्नको आरोप लागेका सुरुंगा नगरपालिका–१० का ६० वर्षका गुलजार मियाँ पक्राउ परेका छन् ।

दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरी- सप्तरी र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । सुनसरीको चतराबाट दर्शन गरी […]

सुनसरीमा हतियारसहित एकजना पक्राउ

सुनसरी । सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम मन्सुरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए ।गएराति अस्थायी प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले मन्सुरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको छ । मन्सुरीका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्

सुनसरीमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं : कोशी गाउँपालिका-४ स्थित जुद्धगंजबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका-१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन्।उनलाई आइतबार राति साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिवचौकका प्रहरी टोलीले एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएका थिए। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।