बाँध फुटेर बस्तीमा पस्यो सप्तकोशीको पानी

सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा कटान थालेको छ । नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पसेको हो । बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो।  पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेका छन् । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनीसंग छलफल गरिएको हो ।गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।मन्त्री खाणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिएका छन् । गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिएका छन्। कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।विपद्मा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ । कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।

सम्बन्धित सामग्री

नारायणी नदीकाे बाढी बस्तीमा पस्यो, ५० घर डुबानमा

काठमाडौं । लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च भएपछि बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो । उक्त बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर […]

मनोहरा खोला बस्तीमा पस्यो,करिब आठ सय घर डुबानमा

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ।...

भक्तपुरको मनोहरा खोला बस्तीमा पस्यो, १०० घर प्रभावित

२५ साउन, काठमाडौं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार रात बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका-४ निलोपुल […]

सप्तकोसीको बाढी बस्तीमा पस्यो, सयौं घर जोखिममा

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो । बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको छ । मंगलबार दिउँसैदेखि बाढी रोक्ने […]

सप्तकोशीको भंगालो उदयपुरको बस्तीमा पस्यो, हजारौँ घरपरिवार उच्च जोखिममा

उदयपुर, साउन १८ । अविरल वर्षासँगै सप्तकोशीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूलो बस्ति जोखिममा परेको छ । पानीको बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोशीको बाँध फुटेको हो । प्रहरीका अनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको छ । […]

कर्णाली नदीमा पानीको सतह बढेर बर्दियाका केही बस्तीमा पस्यो

काठमाण्डाै – कर्णाली नदीमा पानीको सतह बढेसँगै बर्दियाका केही गाउँमा पानी पसेको छ । बर्दियाका राजापुर नगरपालिकाको वडानम्बर १ का चउरा र तिहुँनी, गेरुवा गाउँपालिकाका वडानम्बर २ को राजीपुर र वडा नम्बर ३ को लोहारपुर, संकटी र बंकटीमा पानी पसेको हो । नदीमा पानीको सतह ११ दशमलव ७० पुगिसकेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जानकारी दिएको छ । उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारीमा जुटीरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बस्तीमा पानी पसेका गाउँका स्थानीयलाई सर्तक रहन आग्रह गरिएको छ । साथै आवश्य...

भूगर्भविद्को चेतावनी : चुरेलाई नचलाऊ, बुटवल दोस्रो मेलम्ची बन्न सक्छ

१९ भदौ,बुटवल । गत आइतबार र सोमबार परेको भारी वर्षापछि बुटवलको शिरमा रहेको चुरे पहाडमा पहिरो गयो । पहिरो बुटवलको ज्योतिनगरको बस्तीमा पस्यो । पहिरोले बस्तीका १२ घरमा क्षति पुग्यो र ती परिवार विस्थापित भए । ४० घर उच्च जोखिममा परे । बुटवल-३ ज्योतिनगरमा गएको यो पहिरो पहिलो होइन । यसअघि २०५५ सालमा पनि ज्योतिनगरको […]

मोहना नदीको बाढी बस्तीमा पस्यो, २८ घर डुबानमा

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५, श्रीलंका सुकुम्बासी बस्तीका खड्क विकसँगै २८ घर डुबानमा परेका छन् । बिहीबार सो बस्तीमा मोहना नदीको बाढी पसेपछि २८ घर परिवार विस्थापित भएका हुन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण मोहना नदीको सतह बढ्दै बस्तीमा पानी पसेको हो ।श्रीलंकामा मुक्तकमैया र भूमिहीन घरपरिवारको बसोबास छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गेटाबाट झन्डै एक किलोमिटर पश्चिममा रहेको यो गाउँ ०५७ पछि ‘श्रीलंका’ बनेको हो । ‘होचो जमिनमा बस्ती बसाइएको छ

महाकाली नदीको बाढी बस्तीमा पस्यो, १२ घर डुबानमा

कञ्चनपुर :   महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन। भीमदत्त नगरपालिका १२ ऐरी, ओदाली र दोधारा चाँदनी १० को शान्तिपुर टोल डुबानमा परेको छ। बस्ती डुबानमा पर्न थालेपछि स्थानिय बासिन्दा सुरक्षित क्षेत्रमा जान थालेका छन्। भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लाल बहादुर शाहीले ऐरीमा १२ घर नदीमा आएको बाढीका कारण डुबानमा परेको बताए। महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन',उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन्, पानी नघटे थ