भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौंमा गरिने अभिनन्दनलाई नागरिक अभिनन्दन नभन्न नागरिक अगुवाले सरकारलाई आग्रह गरेका छन्। मंगलबार जनकपुर र काठमाडौंका मेयरका नाममा पत्र लेख्दै नागरिक अगुवाले मोदी सरकारले लगाएको नाकाबन्दीको कारण नागरिक स्तरमा सम्बन्ध सुध्रिनसकेकाले उनको अभिनन्दनलाई नागरिक अभिनन्दन नभन्न आग्रह गरेका हुन्। यस्तो आग्रह गर्नेमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, द्वारिकानाथ ढुङ्गेल, सुुरेन्द्र…