विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छलफल गरी ‘सैद्धान्तिक सहमति’ भएको भन्ने प्रचारलाई अर्थमन्त्रीको सचिवालयले खण्डन गरेको छ। अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाले विद्युत् महसुलको भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्रीको नाम जोडेर भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आइतबार साँझ वा गएको साता यस विषयमा कुनै भेटघाट तथा […]
प्राविधिक समस्याका कारण सोमबार स्थगित भएको शेयर बजार आजदेखि पुनः खुलेको छ। कारोबारको प्रि–मार्केटमा नेप्से परिसूचक ३.५५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन गरिएको हो। नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा […]
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको छ । अन्नपूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वार, रातोपानी कुण्ड र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आर्थिक वर्ष २०८३–०८४ मा एक करोड ३० लाख ६६ हजार पाँच सय ५५ आम्दानी गरेको छ । पुनहिल, पाउद्धार, रातोपानी र […]
बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप लगाइएको छ । यही असोज १ गतेदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, […]