कास्की – कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहणसहित नागरिक अभिनन्दन गरिएकाे छ । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा एक दर्जन भन्दा बढी संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहणसहित नागरिक अभिनन्दन गरेका हुन् । वात्स्यायन चर्चित कार्टुनिस्ट तथा चित्रकार हुनुहुन्छ ।
वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्र...