नागरिकता विधेयक प्रमाणीकरणको खुसीयाली : जनकपुरमा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ। उद्योग वाणिज्य संघ धनुषामा शनिवार भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति भएको प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए। उनले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन…