पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन तथा सम्बोधनका ६ तस्बिरहरु

नेपालगञ्ज- पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार नेपालगञ्जमा आफूलाई नागरिक अभिनन्दन गर्ने क्रममा सम्बोधन गरेका छन्। उनले नेपालको गौरव फर्काउन सबैसँग आह्वान पनि गरेका छन्। उनले ६४ वर्षअघि आफ्ना बुबा राजा महेन्द्रले यही भूमिबाट ऐतिहासिक सम्बोधन गरेको स्मरण गर्दै अब फेरि पनि नेपाल गौरवको युगमा फर्कनुपर्ने बताएका थिए। नेपालगञ्जमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन तथा उनको सम्बोधनका क्रममा […]

सम्बन्धित सामग्री

सुर्खेतबाट पूर्वराजा ज्ञानेन्द्रको आह्वान- हामी नफुटौँ, जुटौँ, खटौँ र डटौँ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कसैको अगाडि लम्पसार परेर बाच्नु आफ्नै अपमान भएको टिप्पणी गरेका छन्। शनिवार सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पहिचान मौलिकता र सभ्यता स्वाभिमान भएको बताए। उनले भने, ‘हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छु। त्यसैले अब कसरी जाने ?, के कस्तो विधि व्यवस्था अङ्गाल्ने […]

जेठ ८ गते धनगढीमा पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गरिने

धनगढी- पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम फेरि तय भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको धनगढी आउने कार्यक्रम स्थगित भएको बताइएको थियो। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि शनिबार पत्रकार सम्मेलन गरेर पूर्वराजाले सुदूरपश्चिम भ्रमण गर्ने जनाएको छ। पूर्व राजपरिवार ७ गते धनगढी […]

पूर्वराजा शाह धनगढी आउने कार्यक्रम स्थगित

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। मूल समारोह समितिका संयोजक जयन्त चन्दले सुरक्षाको कारण पूर्व राजपरिवारको सुदूरपश्चिम आउने कार्यक्रम स्थगित भएको बताएका छन्। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम […]

पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा

काठमाडौं, १५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज पुगेका छन्। पूर्वराजा शाह मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमणका लागि नेपालगन्ज पुगेका हुन्। उनलाई शुक्रबार नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन्। पूर्वराजा शाहलाई यही बैशाख १७ गते जुम्लाको खलङ्गा र बैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको […]

पूर्वराजा शाह इनरुवामा हुने नागरिक अभिनन्दनमा सहभागी हुने

मोरङ – पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने भएका छन्। नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालका अनुसार चैत्र २० गते हुने अभिनन्दन कार्यक्रम शान्तिपूर्वक हुने विश्वास लिए। संयोजक दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीसंगको छलफलबाट अभिनन्दन कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको बताए। बढ्दो राजनीतिक वितृष्णासँगै इनरुवावासिले पहिलोपटक […]