‘कसले ल्याइदेला काबुलबाट मेरो श्रीमानलाई ?’

काठमाण्डौ – ‘तीन दिन भयो श्रीमानसँग सम्पर्क भएको छैन,’सुर्खेतकी सुमन विकले भक्कानिँदै भन्नुभयो,‘तपाईँको फोन आउँदा पनि मन झसङ्ग भयो, लाग्यो श्रीमानलाई केही पो भयो कि ।’ तालिबानले अफगानिस्तानको काबुल कब्जा गरेको दिनदेखि सुर्खेतमा सुमन विकको भोक निद्रा हराएको छ । दुई छोराछोरी, सासू, ससुरा र उहाँको दिन आँसुको आहालमा डुबेको छ ।   सुमनको श्रीमान् कुलबहादुर विकसहित १० जना नेपाली काबुलको एक होटलमा छन् । गएको वैशाख अन्तिम हप्ता यूएईको दुबई हुँदै सुरक्षा गार्डको काममा भनेर अफगा...