सुर्खेतमा निषेधाज्ञा एक हप्ता थपियो

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोनाको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो।कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।उनकाअनुसार अनुगमनका कडाई गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई