सुर्खेतमा कोरोना सङ्क्रमणका कारण एक जना युवाको मृत्यु भएको छ । क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि बुधबार उहाँ घर फर्किभएकाे थियाे । तर उहाँको बिहीबार बिहान २ बजेतिर एक्कासि मृत्यु भएको थियो ।
उहाँ घर फर्किएपछि गाउँमै रहेको सामुदायिक भवनमा बस्नुभएकाे र उहाँको त्यहीँ मृत्यु भएको हो । एक हप्ता परिवारसँग टाढा बस्न सुझाव दिएपछि उहाँसहित पाँच जना सोही भवनमा बस्नुभएकाे थियाे ।