काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा बजेट प्रस्तुत गर्न संसद भवन पुगेका छन्। हातमा रातो रङको बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री शर्मा संसद पुगेका हुन्। आज सरकारले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका सांसद तथा मन्त्रीहरु पनि संसद भवन पुगेका छन्।