पोखरा : पोखरा महानगरपालिकामा बजेट प्रस्तुत गर्न दिने सहमति भएको छ। यसअघि नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा अवरुद्ध भएको थियो। साढे ४ बजे शुरु भएको नगरसभामा एमालेबाट निर्वाचित प्रतिनिधि राधिका शाहीले रातो किताब च्यात्दै बजेट पारित हुनुभन्दा अगाडि रातो किताब छापेको भन्दै आपत्ति जनाएकी थिइन्इ। उनले १७६ जना नगरपालिका सदस्यको अधिकार हनन गरी लोकतान्त्रिक विधि, विधानलाई कुल्चँदै र नगरसभा सदस्यको अधिकारलाई कुल्चँदै बजेट प्रस्तुत गर्नुभन्दा अगाडि नै रातो किताब छापेकाले एमाले बजेटमा सहभागी