सुर्खेत : पक्की पुल नहुँदा स्थानीयबासीले अस्थायी रुपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि हुम्लाको समकोट हिल्सा सडकको हेक्पा खोला तर्न समस्या हुन थालेको छ।पानीको बहाबले कर्णाली करिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि समस्या भएको हो।जोखिम मोलेरै पुलमाथि बगेको पानीमै यातायातका साधन सञ्चालन हुँदै आएको नाम्खा गाउँपालिका–१ को गाडापारीका स्थानीयबासी मीमबहादुर लामाले बताए। दुई वर्ष अघिदेखि हेम्पा खोलामा य