बन्गाडकुपिण्डे–१ माल्पेका मेघबहादुर साहु नगरपालिकाको केन्द्र सल्लीबजार जाँदा जहिले पनि जोखिम उठाउँदै बन्गाडखोला तर्न बाध्य हुन्थे । २ वर्षअघि वर्षायाममा खोला तर्दा झण्डै २ मिटर तल बगेका उनले जसोतसो ज्यान बचाए । ‘हेर्दा सानो भए पनि खोलामा पानीको बहाव उच्च छ,’ उनले भने, ‘वर्षायाममा त ज्यानकै बाजी राखेर खोला तर्नुपर्ने बाध्यता थियो ।’