पुल नहुँदा लिमी जान जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमी जान नदी तर्नुपर्ने बाध्यता छ। लिमी जान दुईमध्ये एउटा खोला र अर्को नदी छ। दुवैमा पुल नहुँदा मानिसहरुलाई आवतजावतमा समस्या भएको छ। लिमीको हल्जी गाउँका फुर्बा तामाङले लिमी आउजाउ गर्न बर्खामा बढेको खोला र नदी तर्नुपर्ने बाध्यता रहँदै आएको बताए। उनका अनुसार न्यालु लेकबाट लिमी जाँदा […]

सम्बन्धित सामग्री

हट्यो सय रुपैयाँ तिरेर तुइन तर्ने बाध्यता

खार्पुनाथ गाउँपालिकास्थित याचु, थाली र छिप्राका बासिन्दालाई १ सय रुपैयाँ तिरेर तुइन तर्नुपर्ने बाध्यता हटेको छ । याङ्चु बजार नजिकै कर्णाली नदीमा पुल बनेपछि स्थानीयको जोखिम मोलेर तुइन तर्नुपर्ने बाध्यता हटेको हो ।

कञ्चनपुरको दोदा नदीमा पक्की पुल निर्माण

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँ–बल्मी जोड्न दोदा नदीमा पक्की पुल निर्माण गरिएको छ । नदीमा झन्डै ६ करोड रुपैयाँ लातमा पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै गाउँपालिका जान आउन सर्वसाधारणलाई सहज भएको छ । ‘सहज रूपमै सवारीसाधनमा चढेर गाउँपालिकासँगै अन्य क्षेत्रमा जान सकिने भएको छ,’ वडाध्यक्ष टीकाराम चौधरीले भने, ‘विगतमा गाउँमा कोही बिरामी पर्दा जोखिमपूर्ण रूपमा नदी तरेर स्वास्थ्यचौकी लैजानुपथ्र्यो । बाढी आएका दिन नदी तर्न नसके बिरामीलाई घरमै राख्नुपर्दा ज्यान जाने जोखिम रहन्थ्यो । गर्भवती महिलालाई अस्पताल पुर्‍याउन नसक्दा घरमै जोखिम मोलेर पनि सुत्केरी गराउने गरेका थिए । पुल निर्माणसँगै त्यो अवस्था अन्त्य भएको छ ।’ पुल निर्माण भएपछि गाउँपालिकाबाट सेवा लिनबाट वञ्चित हुनुपर्ने अवस्था टरेको छ । पुल निर्माण नहुँदा गाउँपालिका पुग्न चारपांग्रे सवारीसाधनमा कैलाली हुँदै डोकेबजार भएर लामो यात्रा गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता थियो । तर अहिले नन्दगाउँ हुँदै सीधैं बेलौरी कलुवापुर सडकसम्म पुग्न सकिने भएको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए । गाउँपालिकाको आन्तरिक स्रोत, प्रदेश सरकार र संघीय सरकारको बजेट परिचालन गरी गएको चार वर्षमा पुल निर्माण भएको हो । लालझाडी गाउँपालिका जिल्लाकै विकट क्षेत्रका रूपमा परिचित छ । जिल्लाको दक्षिण पूर्वमा रहेको लालझाडीलाईे चारैतिर दोदा नदीले घेरिएकाले एक गाउँबाट अर्काे गाउँ जान नदी तर्नुपर्ने अवस्था थियो । गाउँपालिका जोडनका लागि दोदा नदीमा एक साथ तीन पक्की पुल निर्माण थालिए पनि अहिले एक मात्रै पुल निर्माण भएको हो । अन्य दुई पुल निर्माणाधीन छन् । रासस

पुल भत्किएपछि टुट्यो ग्रामीण भेगसँगको पहुँच

बुधबार राति परेको भीषण वर्षाले छाब्दी खोलाको पक्की पुल भत्कियो । व्यास नगरपालिकाको भादगाउँ र बेलवास जोड्ने पक्की पुल भत्किएसँगै ग्रामीण बस्तीसँग सदरमुकाम दमौली बजारको दूरी पनि बढेको छ । अठार वर्ष अगाडि बनेको मोटर गुड्ने यही पुलबाट आवतजावत गर्ने सर्वसाधारणले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता आइपरेको छ । बुद्धसिं मार्गअन्तर्गत निर्मित पुल भत्किएपछि यातायात […]

पुल भत्किएपछि टुट्यो ग्रामीण भेगसँगको पहुँच

बुधबार राति परेको भीषण वर्षाले छाब्दी खोलाको पक्की पुल भत्कियो । व्यास नगरपालिकाको भादगाउँ र बेलवास जोड्ने पक्की पुल भत्किएसँगै ग्रामीण बस्तीसँग सदरमुकाम दमौली बजारको दूरी पनि बढेको छ । अठार वर्ष अगाडि बनेको मोटर गुड्ने यही पुलबाट आवतजावत गर्ने सर्वसाधारणले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता आइपरेको छ ।  बुद्धसिं मार्गअन्तर्गत निर्मित पुल भत्किएपछि यातायात सञ्जालबाट ग्रामीण बस्तीको सम्बन्ध टुटेको छ । किसानले उत्पादन गरेका कृषि उपज दमौली ल्याएर बिक्री गर्न सास्ती भएको छ । ग्रामीण भेगमा दैनिक उपभोग्य वस्तु ढुवानी हुन ...

‘तुइन विस्थापित भइसके, सडकमा भिख माग्ने छैनन्’

काठमाडौं : सरकारले देशभरका सबै तुइन विस्थापित गरिएको जनाएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्। राष्ट्रपति भण्डारीले तुइनबाट जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता अब हटेको बताइन्। तुइन विस्थापित गरेर कहीँ झोलुंगे र कहीँ पक्की पुल निर्माण गरिएको सरकार...

वर्षौंदेखि पुल अलपत्र

रोसी गाउँपालिका–७ थान्सिङबेंसी र नमोबुद्ध नगरपालिका–६ खरिबोट जोड्ने पुल वर्षौंदेखि अलपत्र अवस्थामा छ । जिल्लाको रोसी गाउँपालिकाको थान्सिङबेंसी, सिपाली, सिसाखानी, महादेवटार, शिखरआम्बोटे, खहरेपाँगुलगायत विकट डाँडापारि जान सजिलो हुने पुल नबन्दा जोखिम मोलेर रोसी खोला तर्नुपर्ने बाध्यता छ । रोसी गाउँपालिकाकै विभिन्न वडा, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय बासिन्दाको सुविधाका लागि २०६५ सालमा पुल निर्माण गर्ने सम्झौता भएर निर्माण कम्पनीले ०६९ सालबाट ठेक्का लिएको पुल अझैसम्म पूरा नहुँदा स्थानीय मर्कामा परेका हुन् ।