काठेपुलमा जोखिम मोल्दै खोला तर्न बाध्य

सिमकोट – सर्केगार्ड गाउँपालिका–२ को रिपगाड खोलामा पैदल यात्रुले एउटा मात्र बिच्छ्याइएको काठमा तर्नुपर्ने बाध्यता छ। गत साउन र भदौमा गरी दुई पटक आएको बाढीले उक्त खोलामा निर्माण गरिएको काठेपुल बगाएपछि हाल पैदल यात्रुलाई यस्तो बाध्यता आइलागेको हो। पैदल यात्रु ओबराज शाहीले निकै डर मान्दै रिपगाड खोलामा बिच्छ्याइएको एउटा काठको पुलमा तर्नुपरिरहेको बताए। उक्त खोलाको […]

सम्बन्धित सामग्री

पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य

आलीताल खोलामा पुल नहुँदा स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका छन् । बर्खाको समयमा विद्यालय पढ्ने बालबालिकादेखि बिरामी, वृद्धवृद्धाले ज्यानको जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ । आलीताल भएर बग्ने रङ्गुन र परशुराम भएर बग्ने पन्तुरा खोलामा पुल छैन । पन्तुरा खोलामा पुल नहुँदा परशुराम नगरपालिका–६ र ७ का हजारौँ स्थानीयले ज्यानको बाजी लगाउँदै खोला तर्नुपर्ने बाध्यता छ ।

बालबालिकाको भविष्य : पुल नहुँदा जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य

बैतडी : पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन्। सिगास गाउँपालिका -६ मा रहेको गणेश माध्यमिक विद्यालय, मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन्।न्वाघरीगाड खोलामा रहेको आरसिसि पुल दुई वर्षअघि बगाएको सिगास गाउँपालिका ६ का वडाध्यक्ष तेजबहादुर साउँदले बताए।उक्त खोलामा पुल नहुँदा सिगास- ६ र ७ का बालबालिका जोखिमपूर्ण रुपमा खोला तर्न बाध्य भएका हुन्।  कामचलाउ हिसाबले बनाएको काठेपुल पनि एकम

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुंगाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य छन् ।सडक कटानपछि वर्षैपिच्छे […]

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

काठमाडौँ,२० साउन । बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य […]

जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता

सुर्खेत : पक्की पुल नहुँदा  स्थानीयबासीले अस्थायी रुपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि हुम्लाको समकोट हिल्सा सडकको हेक्पा खोला तर्न समस्या हुन थालेको छ।पानीको बहाबले कर्णाली करिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि समस्या भएको हो।जोखिम मोलेरै पुलमाथि बगेको पानीमै यातायातका साधन सञ्चालन हुँदै आएको नाम्खा गाउँपालिका–१ को गाडापारीका स्थानीयबासी मीमबहादुर लामाले बताए। दुई वर्ष अघिदेखि हेम्पा खोलामा य

हत्केलामा ज्यान, पढाइमा ध्यान

तनहुँ, असार २२ । व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । युविना मात्रै होइन, अरू विद्यार्थी पनि वर्षायाममा जोखिम मोलेरै खोला तर्न बाध्य छन् । पुल नभएको […]

हत्केलामा ज्यान, पढाइमा ध्यान

व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । युविना मात्रै होइन, अरू विद्यार्थी पनि वर्षायाममा जोखिम मोलेरै खोला तर्न बाध्य छन् । पुल नभएको ठाडो खोला उर्लिएर आउने भएकोले बालबालिकालाई खोला तार्न अभिभावक नै आउनुपर्ने बाध्यता छ ।विद्यालयका प्रधानाध्यापक माधव खनालले अभिभावक नभएको बेला बालबालिका हत्केलामा

दुई वर्षमा सक्नुपर्ने पुल पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएन

रोल्पाको थवाङ गाउँपालिका–३ का ताराप्रसाद रोका मगर हरेक कामकाजका लागि गाउँपालिकाको केन्द्र थवाङमा पुग्ने गर्छन् । तर बर्खाको समयमा थवाङ खोलामा बर्सेनि समस्या झेल्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।उनका अनुसार बर्खाको समयमा खोला बढेर तर्न नसकिने भएकाले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ । विद्यालय जाने बालबालिका खोला तर्न नसक्ने भएकाले अभिभावकले नै पु-याउनु पर्ने बाध्यता रहेको रोका मगर सुनाउँछन् ।थवाङ खोलामा निर्माण भइरहेको पुल तोकिएको समयमा सम्पन्न नहुँदा सवारी साधन आवतजावत गर्न निकै

म्याद सकिन दुई महिना बाँकी हुँदा पुलकाे काम ३० प्रतिशत पनि भएन

रोल्पा – ठेकेदारको लापर्बाहीका कारण समयमै पक्की पुल नबन्दा रोल्पाको सुनिलस्मृति गाउँपालिका र प्युठानको स्वर्गद्वारी नगरपालिका जोड्ने घोडा खोलामा स्थानीयवासी जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । रोल्पाको सुलिचौरदेखि प्युठानको किमिचौर, रोल्पाको रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दुरीको यो सडकमा पर्ने घोडेखोलामा बर्सेनि स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।  पुल नबन्दा वर्षायाममा यातायातका साधन ठप्प हुने गरेको छ भने घोडागाउँका स्थानीयवासी दैनिक उपभोग्य वस्तु किन्न किमि...

ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

रोल्पाको घोडागाउँ र प्यूठानको स्वर्गद्वारी जोड्ने घोडेखोलामा पक्की पुल समयमा नबन्दा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। ठेकेदार गायब भएपछि रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा पक्की पुल...