अवैध रुपमा भन्सार छली ल्याएको मोबाइल बरामद

काठमाडौं : अवैध रुपमा भन्सार छली ल्याएको नौ सय थान मोवाइल बाँके प्रहरीले बरामद गरेको छ।नेपालगञ्ज उपमहानगरपालिका–१५ बाट भन्सार छली चोरी पैठारी गरी ल्याएको आइटेल कम्पनीको नौ सय थान मोवाइल प्रहरीले बरामद गरेको हो। अन्दाजी ६ लाख ३० हजार मुल्य बराबरको उक्त मोवाइल आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। 

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याइएको तीन सय ८७ थान मोबाइल बरामद

प्रहरीले आठ लाखको अबैध मोबाइल फोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चेकचाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउदै...

भन्सार छली भित्र्याइएको सामानसहित एक जना पक्राउ

रुपन्देहीमा अवैध रुपमा भन्सार छली लुकाइराखेको ३ लाखभन्दा बढी मूल्यको मोबाइल प्रहरीले बरामद गरेको छ ।सिद्धार्थनगर नगरपालिका–१३ का ४० वर्षीय विशाल जैसवाललाई नियन्त्रणमा लिएर उनको साथबाट मोबाइल र त्यससँग सम्बन्धित सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

भन्सार छली नेपाल भित्र्याइएका मोबाइल डिस्प्लेसहित भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले ४२ लाख १२ हजार ९ सय ७ रुपौयाँ बराबरको भन्सार छली नेपाल भित्र्याइएका विभिन्न ब्रान्डका मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भन्सार छली ल्याएको ४१ थान मोबाइलसहित दुई जना पक्राउ

काठमाडौँ । भन्सार छली लुकाई छिपाई ल्याएको अन्दाजी २ लाख ८७ हजार रुपैयाँ बराबरको मोबाइल ४१ थान सहित भारत घर भएका ३७ वर्षीय दिलीप पवार समेत २ जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति प्रहरीले पक्राउ

भन्सार छली ल्याइएका मोबाइल सहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अवैध रुपमा भन्सार छली ल्याइएका मोबाइलसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारतको बिहार राज्यस्थित वैशाली जिल्ला घर भई हाल कलंकलीमा बसोबास गर्दै आएका २८ वर्षे जमशेद अलीललाई अवैध मोबाइलसहित पक्राउ गरेको हो । भन्सार छलेर मोबाइल बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । न्युरोडमा रहेको […]

भन्सार छली ल्याइएका सामग्रीसहित विमानस्थलबाट एक जना पक्राउ

भन्सार छली ल्याइएका सुन, मोबाइल र ल्यापटपसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जजिरा एयरको उडानमार्फत् दुबईबाट कुवेत हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका कैलाली कैलारी गाउँपालिका–८ का भागदेव कठरिया पक्राउ परेका हुन् ।

भन्सार छली ल्याएका मोबाइल, घडीसहित एकजना पक्राउ

भन्सार छली अवैधरुपमा ल्याएका मोबाइल, घडीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई बुधबार रौतहटबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा भारत घर भएका २८ वर्षीय महम्द हसन रहेका छन् ।भन्सार छली ल्याउँदै गरेको अवस्थामा एक लाख बराबरका चार मोबाइल र १४ वटा घडीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार छलेर ल्याएको मोबाइलसहित एकजना पक्राउ

१८ फागुन, काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो । भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा […]

सशस्त्र प्रहरीद्वारा २ लाख ८० हजारको सामान बरामद

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट माघ १८ गते एपीएफ टोलीले करीब २ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यलयले जनाएको छ । बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपएिफ टोलीले माघ १९ गते करीब एक लाख रुपैया...

भन्सार छलेर ल्याइएका मोबाइल नागढुङ्गाबाट बरामद

काठमाडौं : भन्सार छली ल्याइएका अवस्थामा विभिन्न कम्पनीका २३ थान मोबाइल प्रहरीले आज नागढुङ्गाबाट बरामद गरेको छ। भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारेको हो। बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय…