भन्सार छली भित्र्याइएको सामानसहित एक जना पक्राउ

रुपन्देहीमा अवैध रुपमा भन्सार छली लुकाइराखेको ३ लाखभन्दा बढी मूल्यको मोबाइल प्रहरीले बरामद गरेको छ ।सिद्धार्थनगर नगरपालिका–१३ का ४० वर्षीय विशाल जैसवाललाई नियन्त्रणमा लिएर उनको साथबाट मोबाइल र त्यससँग सम्बन्धित सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।